स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ उपायहरु

हामी आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज के ले भरियो भन्ने कुरा पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा तपाइँले राखेका वा सिर्जनागरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् ।


 यस्तोमा मेमोरी खाली गर्नका लािग सबै डाटालाई जथाभावी डिलिट गर्ने कुरा पनि भएन । र, अर्को बुझ्नुपर्ने कुरा के भने हाम्रो मोबाइलमा केही त्यस्ता अनावश्यक सामाग्री पनि हुन्छन् जसलाई सावधानीपूर्वक हटाउने हो भने केही स्टोरेज खाली हुन्छ । आफ्नो स्मार्टफाेनकाे स्टोरेज स्पेस खाली गर्न यी उपायहरु अपनाउनु पर्दछ|


१. अनावश्यक एपहरु अनस्टल गर्ने - एपहरुले स्मार्टफोनमा स्टोरेजको ठूलो हिस्सा ओगटेका हुन्छन्। त्यसैले आफुले प्रयोग नगर्ने वा प्रायः प्रयोगमा नआउने एपहरु अनस्टल गर्नु पर्दछ ।


२. फ्रि अप स्पेस अप्सनको प्रयोग गर्ने - यदि तपाइँको स्मार्टफोनमा एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम प्रयोग भएको छ भने त्यसमा जंक डाटा हटाउने बिल्टअप फिचर उपलब्ध हुन्छ । स्मार्टफोनमा रहेका जंक डाटा हटाउनका लगि सेटिंग अप्सनमा जाने र त्यहाँ रहेको स्टोरेज खण्डभित्र रहेको फ्रिअप स्पेसनमा ट्याप गरी डिलिट गर्न चाहेका जंक फाइलहरु छनोट गरी डिलिट गर्न सकनुहुन्छ ।


३. मल्टिमिडिया सामाग्री हटाउनुहोस् - फोटो तथा भिडियोले मोबाइलको स्टोरेजमा धेरै भाग ओगटेका हुन्छन् । त्यसले आफुलाई अत्यावश्यक बाहेक दोहोरिएका वा अन्य अनावश्यक फोटो, भिडियो तथा म्युजिक फाइल डिलिट गर्नुपर्दछ ।


४. क्लाउडको प्रयोग गर्ने आफ्ना फाइलहरुलाई क्लाउडमा सेभ गरी त्यसलाई आफ्नो स्मार्टफोनबाट डिलिट गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल फोटोज एपमा तपाइँ आफ्ना फोटोहरु निशुल्क रुपमा स्टोर गर्न सकनुहुन्छ । त्यस्तै गुगल ड्राइभ, ड्रपबक्स, वन ड्राइभ आदिजस्ता क्लाउड सर्भिसलाई पनि तपाइँ आफ्ना स्मार्टफोनका डाटा ब्याकअप गर्नमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसरी ब्याकअप गरिसकेपछि आफ्नो स्मार्टफोनलाई खाली गराउन सक्नुहुन्छ ।


५. स्मार्टफोन रिसेट गर्ने - यदि माथि उल्लेखित उपायहरुले पनि काम गरेन भने तपाइँ स्मार्टफोनमा फ्याक्ट्री रिसेटको विकल्प प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाइँको स्मार्टफोनका सबै डाटा डिलिट गरिदिन्छ । तर यसो गर्नुअघि स्मार्टफोनका डाटाहरु कतै ब्याकअप राख्न चाहीँ नबिर्सनुहोला ।

Comments

Popular posts from this blog