भिटामिन ‘डी’ कम भएमा





भिटामिन ‘डी’ कम भएमा

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ ।
यसरी शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

कमीको  लक्षणहरू -
·         कतिपय अवस्थामा भिटामिन डी कमी भएको लक्षण ठ्याक्कै देखिँदैन ।
·         यसको कमीले देखिने लक्षण भनेका हाड दुख्ने, मुटुमा समस्या देखिने, क्यान्सर, कठिन खालको दम आदि हुन् ।
·         यसको कमीले, डिप्रेसन, कपाल झर्ने, टाउको दुख्नेलगायत समस्या पनि निम्तिने गर्छ ।
·         भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या पनि देखिन सक्छ ।

 जोखिममा पर्नेहरू -
·         दूधबाट बनेका प्रडक्ट, माछा, अन्डा नखाने र घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ । बिहानदेखि बेलुकासम्म अफिसभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ ।
·         कालो वर्णका मानिस भिटामिन डी कमीको जोखिममा हुन्छन् । कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्वले भिटामिन डीको निर्माणमा अवरोध सिर्जना गर्छ ।
·         मिर्गौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ । किनकि, मिर्गाैलाले भिटामिन डीलाई निर्माणमा सीधा सम्बन्ध हुन्छ ।
·         पाचन प्रणलीमा समस्या, दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ ।

 बच्ने तरिका -
·         दूध, दही प्रशस्त मात्रामा खानुपर्छ ।
·         दैनिक २० मिनेट बिहानको  घाममा बस्ने, सागपात, माछा, अन्डा खानुपर्छ ।

Comments

Popular posts from this blog