भिटामिन ‘डी’ कम भएमा





भिटामिन डी कम भएमा

भिटामिन डीको कमीले बच्चाहरूको हातखुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ
यसरी शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन जसको कारण हाड कमजोर हुँदै जान्छ

कमीको  लक्षणहरू -
·         कतिपय अवस्थामा भिटामिन डी कमी भएको लक्षण ठ्याक्कै देखिँदैन
·         यसको कमीले देखिने लक्षण भनेका हाड दुख्ने, मुटुमा समस्या देखिने, क्यान्सर, कठिन खालको दम आदि हुन्
·         यसको कमीले, डिप्रेसन, कपाल झर्ने, टाउको दुख्नेलगायत समस्या पनि निम्तिने गर्छ
·         भिटामिन डीले मधुमेह रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह रक्तचापको समस्या पनि देखिन सक्छ

 जोखिममा पर्नेहरू -
·         दूधबाट बनेका प्रडक्ट, माछा, अन्डा नखाने घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ बिहानदेखि बेलुकासम्म अफिसभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ
·         कालो वर्णका मानिस भिटामिन डी कमीको जोखिममा हुन्छन् कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्वले भिटामिन डीको निर्माणमा अवरोध सिर्जना गर्छ
·         मिर्गौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ किनकि, मिर्गाैलाले भिटामिन डीलाई निर्माणमा सीधा सम्बन्ध हुन्छ
·         पाचन प्रणलीमा समस्या, दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ

 बच्ने तरिका -
·         दूध, दही प्रशस्त मात्रामा खानुपर्छ
·         दैनिक २० मिनेट बिहानको  घाममा बस्ने, सागपात, माछा, अन्डा खानुपर्छ

Comments

Popular posts from this blog