९ दिनसम्म हिँडेर
मालिकलाई टोक्न पुग्यो कुकुर
अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस
कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा
तीनछक पर्नुको विकल्प छैन ।
एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९
दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो ।
अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो ।
मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई
भावुक बनाउँदछ ।
सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष
बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले
कुकुरलाई आफूसँग नलगी घरमै छाडे ।
मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा
छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारामा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ
। अन्ततः ९ दिनपछि आफ्नो कुकुरलाई एक्कासि आफूले बिदा मनाइरहेको ठाउँमा आएको
देखेपछि उनी झसंग भए ।
आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया
लाग्यो र अंकमाल गरे । तर, कुकुर निकै रिसाएको
रहेछ । उसले मार्टिनेजलाई टोकिदियो ।
कुकुरले टोकेपछि मार्टिनेज रुन थाले । त्यसपछि
कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो । त्यो दृश्य निकै
कारुणिक थियो ।
एजेन्सी
Comments
Post a Comment