यो हो विश्वकै
सबैभन्दा सानो पार्क
विश्वको सबैभन्दा
सानो पार्क कहाँ छ ?
धेरैलाई थाहा नहुन
सक्छ । वास्तवमा यो कीर्तिमान अमेरिकाको पोर्टल्याण्डले कायम गरेको छ । ४ सय ५२
इन्चको क्षेत्रमा निर्मित उक्त पार्कको नाम मिल इन्ड्स पार्क हो ।
पोर्टल्याण्डको
ओरेगनमा निर्मित यो पार्कलाई क्रिसमसको अवसरमा सजाइएको हो । सन् १९७१ मा विश्वको
सबैभन्दा सानो पार्कका रुपमा यसको नाम गिनिज बुकमा दर्ज भएको थियो ।
दोश्रो विश्वयुद्धका योद्धा तथा पत्रकार डिक
फागनको कल्पना तथा सिर्जनाको रुपमा रहेको यो पार्कलाई पोर्टल्याण्डको मनोरञ्जन
विभागले निर्माण गरेको हो । सन् १९४८ मा यो पार्क बनाइएको थियो ।
गत मे महिनामा
विभागले त्यहाँ एक आधिकारिक साइनबोर्ड स्थापित गरेको छ । मानिसहरुलाई दुनियाको
त्यो सबैभन्दा सानो किर्तिमानी पार्कका बारेमा चिनाउने ध्येय सरकारको छ ।
एजेन्सी
Comments
Post a Comment