भिटामिन ‘डी’ कम भएमा
भिटामिन ‘ डी ’ कम भएमा भिटामिन डीको कमीले बच्चाहरूको हात – खुट्टा बांगा , लुलो हुने , हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । यसरी शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ । कमीको लक्षणहरू - · कतिपय अवस्थामा भिटामिन डी कमी भएको लक्षण ठ्याक्कै देखिँदैन । · यसको कमीले देखिने लक्षण भनेका हाड दुख्ने , मुटुमा समस्या देखिने , क्यान्सर , कठिन खालको दम आदि हुन् । · यसको कमीले , डिप्रेसन , कपाल झर्ने , टाउको दुख्नेलगायत समस्या पनि निम्तिने गर्छ । · भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या पनि देखिन सक्छ । जोखिमम...